Literature
कविता - सेतो कालो
09-05-2026 • by Manakaji Kattel
कहिलेकाहीँ म स्वाँस्वाँ उफ्रन्छु अनि बुरुकबुरुक निदाउँछु ।
कहिलेकाहीँ म स्वाँस्वाँ उफ्रन्छु
अनि
बुरुकबुरुक निदाउँछु ।
एउटै मान्छेको छाया पनि
घरि सेतो घरि कालो
देखेर होला,
एउटै मनको माया पनि
आधा सेतो आधा कालो
देखेर होला ।
म आफैँलाई पनि
घरि युवा हुँ जस्तो,
घरि बुढो भएँ जस्तो
लागेर होला ।
पुरै चक्कर लागेर,
यो पृथ्वी नै घुमे जस्तो भएर,
कहिलेकाहीँ म धुरुधुरु हाँस्छु
अनि
खितितिति रुन्छु ।