Post image Literature

के था? कठै! - गजल

21-06-2025 • by Manakaji Kattel

चाँदनीको खतको वजाह ति तारालाई के था? कठै! खामभित्रको घाउको मल्हम हल्कारालाई के था? कठै!

चाँदनीको खतको वजाह ति तारालाई के था? कठै!
खामभित्रको घाउको मल्हम हल्कारालाई के था? कठै!

उफ् गर्मि भयो भन्दै मधेश हिमाल सम्झिराछ,
हिँउले पुर्दा के वित्छ, पर्सा बारालाई के था? कठै!

थुक्क नामर्द भन्दैरान झुण्डिएको लाश हेर्दै,
मनको भुईँचालो दुनीया सारालाई के था? कठै!

उ त फगत घन्किदिन्छ जिन्दावाद मुर्दावाद भन्दै,
तिनको सत्ता उल्ट्यो घोप्ट्यो त्यो नारालाई के था कठै,

ओठ टोकेर लौ प्यारीले सिन्दुर लत्पत्याउन दिईन,
बेल्चा हान्ने परदेशमा ति प्यारालाई के के था? कठै!
Comment This Post
Comments

No comments yet.